d

याैनजन्य अपराधका घटनामा एक वर्षे हदम्याद हटाउन सांसद पाण्डेकाे माग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेकपा एमालेकी सांसद विन्दा पाण्डेले बालिका तथा महिलामाथि हुने यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेकी छिन्।  

सांसद पाण्डेले बालिकाहरूले आफूलाई त्यस्ता अपराधका घटना भएको भन्न सक्ने सहज वातावरण बन्न सात/आठ वर्ष कुर्नुपर्ने अवस्था रहेको देखिएको उल्लेख गर्दै यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था उचित नभएको बताइन् । 

एमाले निकट अखिल नेपाल महिला सङ्घले आज साेमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बालिका तथा महिलाहरूमाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि सामाजिक जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औल्याईन्  । 

सांसद पाण्डेले यौनजन्य जघन्य अपराधका घटनाका पीडितलाई क्षतिपूर्ति मात्रै नभइ परिपूरणको पनि व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।  

Views: