d

सत्ता गठबन्धन बैठक : जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – सत्तारूढ पाँच दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको चुनावमा गठबन्धन गरी अगाडि बढ्ने निर्णय गरेको छ । आज सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको बताइएको हो । 

बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको चुनावमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन गर्ने निर्णय गरेको बताए । उनले गठबन्धन देशको आवश्यक्ता भएकोले आवश्यक्ता पूरा नहोउन्जेलसम्म कायमै रहने बताए । मन्त्री कार्कीले संविधानको परिकल्पना गरेको समयसीमाभित्र नै आवधिक चुनाव हुने पनि स्पष्ट पारेका छन्।  

Views: