d

हाँस्य अभिनेता घनश्याम गाैतम 'गाेधुली कला सम्मान २०७८' द्वारा सम्मानित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ जेष्ठ १७, काठमाण्डौ गाेधुलि साहित्य प्रतिष्ठान ले गणतन्त्र  दिवसकाे अवसर पारेर यस बर्षकाे 'गाेधुली कला सम्मान २०७८' द्वारा हाँस्य अभिनेता घनश्याम गाैतमलाई सम्मान गरेकाे छ।   आइतवार प्रज्ञा भवन कमलादीमा आयोजित एक विशेष समाराेहमा  प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गँगा प्रसाद उप्रेतीले सम्मान प्रदान गरेका हुन्।  

उक्त कार्यक्रममा समाजसेवा, साहित्य, तथा कला क्षेत्रका विभिन्न ब्यक्तित्वहरुलाई  सम्मान तथा पुरस्कार प्रदान  गरिेएकाे छ।  

अभियान साहित्य कलाकार समाजका सँरक्षक डम्बर घिमिरे र समाजका अध्यक्ष समाजसेवी पशुपति दँगालकाे समेतकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा वसन्त ओली 'बसन्ती' ले गजल बाचन गरेका थिए।  त्यस्तै सम्मानित भएका हाँस्य अभिनेता नक्कली प्रचण्ड गाैतमले प्रचण्डकाे क्यारिकेचर गरेर मनोरंजन प्रदान गरेका थिए।  

 कार्यक्रममा विभिन्न साहित्यकारहरुले  आ-आफ्ना रचना तथा सिर्जना प्रस्तुत गरेका थिए।  

सोही अवसरमा संस्थाको नयाँ  कार्य समिति समेत चयन गरिएको बताइएको छ।   

सम्मानित तथा पुरस्कृत हुनेहरुको नामावाली

गाेधुली दीर्घ साहित्य -सिर्जना विशेष अभिनन्दन (२०७८)बरिष्ठ कवि डा दुबसु क्षेत्री
गाेधुली कला सम्मान २०७८ -  हास्य अभिनेता घनश्याम गाैतम नक्कली प्रचण्ड 
भानुभक्त पाेखरेल,  निर्मला बराल
समाजसेवी पशुपति गुरुङ 
गजलकार  वसन्त अाेली बसन्ती
समाज सेवाी  उर्मिला बि.क. , बिना बस्नेत
 भुपेन बि.क. , राेशन बिशँखे 
 गणेश लकान्द्री र भाइराम खड्गी
 बाल कलाकार प्रसन्न श्रेष्ठ 
 समाजसेवी पवनलाल श्रेष्ठ
 

 

Views: