d

 मिरुना र फुर्पाबीच अभिभावकको पहलमा जुट्यो सहमति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच एक आपसमा सहमति कायम भएको छ।  विवादित विषयलाई थप जटिलता ननिम्त्याउने भन्दै  सहमति गरिएको हो। 

 कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी माफी मागेका हुन् । साथै अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी हुन् ।

त्यसैगरी अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदाय प्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन् ।


सहमति पछि  विज्ञप्ति जारी गर्दै दुवै पक्षका अभिभावकहरू बसी गरिएको छलफललाई सकारात्मक रुपमा लिईएको जनाइएको छ।

 'आगामी दिनहरूमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा साम्प्रदायिक द्वेष फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय तथा धार्मिक सङ्घ सङ्गठनहरूसमक्ष अपिल गर्दै राजी खुसीसाथ यस पत्रमा हस्ताक्षर गरी लियौँ दियौँ।' विज्ञप्तीमा भनिएको छ।  

 

Views: