d

महेन्द्रवाटिका सजिसजाउ हुँदै, सालिक पुनर्स्थापनाको तयारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ जेष्ठ १६, झापा: भद्रपुर स्थित चन्द्रगढीमा रहेको महेन्द्रवाटिका हिजोआज सजिसजाउ हुन थालेको छ। मुलुकमा गणतन्त्र स्थापना भए संगै लथालिङ्ग देखिएको उक्त वाटिकामा राष्ट्रवादी युवाहरुले रंगरोगन गर्न थालेका हुन्।

 

No description available.

 

 

पन्चायतकालमा स्थापना गरिएको महेन्द्रको सालिक माओबादी द्वन्दकालमा तोडफोड गरिएपश्चात वाटिकाको संरक्षण हुन समेत सकेको थिएन।   

उक्त सालिकलाई आगामी शनिवार अनावरण सहित पुनर्स्थापित गर्ने तयारी रहेको बुझिएको छ।  

सोहि कार्यक्रमलाई सफल बनाउनकै लागि वाटिकामा रंगरोगन गर्न युवाहरु लागि परेका छन्।  

 

No description available.

 

समाजसेवी जय नारायण ढुंगाना र अञ्जना ढुंगानाको सौजन्यमा अर्धकदको सालिक निर्माण गरि पुनर्स्थापना गर्न लागिएको बताइएको छ। 

 

    No description available.

Views: