d

 माओवादीले शुरु गर्यो जनप्रतिनिधिलाई प्रशिक्षण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१८ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई प्रशिक्षित गर्ने भएको छ।  गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई आज बुधवार देखि स्थानिय सरकार संचालन बारे प्रशिक्षण प्रदान गर्ने भएको हो।  

कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ। 

स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताइन्छ।    


 

Views: