d

प्रधानसेनापति शर्मा लेबनान, गोलान हुँदै अमेरिका पुग्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानसेनापति प्रभुराम शर्मा आगामी असारको पहिलो साता विदेश भ्रमणमा निस्किने भएका छन्।  प्रधानसेनापतिको कार्यभार सम्हालेपछि उनी पहिलोपटक लेबनान र गोलान हाइट्सस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तथा अमेरिकाको औपचारिक भ्रमणमा जान लागेका बताइएको हो।   

 मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत गरेको सोमबार सार्वजनिक भएको थियो । 


प्रधानसेनापति शर्मा ४ देखि १० असारसम्म शान्ति मिसनको भ्रमणमा र त्यहाँबाट १७ असारसम्म अमेरिकाको औपचारिक भ्रमणमा हुने बताइएको छ।  

Views: