d

 चितुवाको आक्रमणबाट तीनजना घाइते 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गोरखाको पालुङटार नगरपालिकामा चितुवाको आक्रमणबाट तीनजना घाइते भएका छन् । घाइतेहुनेहरुमा पालुङटार नगरपालिका - ४ का  ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारी रहेको बताइएको हो।  रानीटारस्थित मकैबारीमा काम गरिरहेको अवस्थामा उनीहरुलाई  अचानक चितुवाले आक्रमण गरी घाइते बनाएको जनाइएको छ।  

मंगलबार आफ्नै बारीमा काम गरिरहेको अवस्थामा नेपालीको ढाडमा, भण्डारीको बायाँ तिघ्रा, पाखुरा र नारीमा चिथोरेको थियो।  दुवैजनाको स्थानीय राम मेडिकल ठाँटीपोखरीमा उपचार भइरहेको छ । 


हाल दुवैजनाको अवस्था सामान्य रहेको बताइएको छ। 

सोही चितुवाको खोजी गर्ने क्रममा हवल्दार सुनील रायमाझीलाई समेत चितुवाले पछाडिबाट आक्रमण गरी घाइते बनाएको प्रहरीको भनाई छ। 

Views: