d

 बिरामीको निशुल्क उपचार गर्दै डा. गोबिन्द केसी पुगे संखुवासभा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संखुवासभा । दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य दिन अर्थोपेडिक सर्जन डाक्टर गोविन्द केसी संखुवासभाको जिल्ला अस्पताल खाँदबारी आइपुगेका छन् । संखुवासभा आइपुगेका डा.केसीले सोमबारबाट स्वास्थ्य सेवा दिने थालेका छन् ।

केसी स्वास्थ्य क्षेत्रको परिर्वतनका लागि भन्दै विभिन्न जिल्ला पुगेर अनसन बस्ने गरेको भएपनि योपटक स्वास्थसेवा दिन पहाडी जिल्लामा छन् । दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन केसी जिल्ला दौडाहा छन् । डा. केसी प्रदेश नम्बर १ का खोटाङ, भोजपुरमा सेवा दिँदै संखुवासभा आइपुगेका हुन् । १ नम्बर प्रदेशका विभिन्न पहाडी जिल्लामा हाडजोर्नीको निःशुल्क उपचार गर्दै हिडेका डा. केसीले एक साता संखसवासभा जिल्ला अस्पतालमा दिने बताइएको छ । 

Views: