d

संखुवासभाका विशर पौडेलको सफलताको यात्रा, अणु विज्ञानमा गरे पीएचडी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अंकित भट्टराई 

 संखुवासभा/ संखुवासभाको धर्मदेवी ८ छिपीधारा, साविकको आँखीभुई गा.वि.स मा वि.सं २०५० सालमा जन्मिएका विशर पौडेल सानैदेखि पढाइमा अब्बल र मेधावी विद्यार्थीको  रुपमा परिचित थिए। दुई सन्तानका अभिभावक रहेका पौडेल दम्पती बाबु विष्णु प्रसाद पौडेल र आमा सरस्वती शर्मा पौडेलका विशर पहिलो सन्तान हुन् ।

गाउँकै स्थानीय अमरुवा माध्यमिक विद्यालयबाट आफ्नो बाल्यकालको पढाइ सुरुवात गरेका उनले काठमाडौ मोडेल स्कुलमा कक्षा ७ सम्मको पढाइ पूरा गरे । अभिभावक अमेरिकामा बस्दै आएकोले त्यसपछिको अध्ययन उनले अमेरिकामा नै निरन्तरता दिए । सन् २००७ सालमा अमेरिका प्रवेश गरेका उनले त्यहाँ रहदा किलमोर मिडिल स्कुल, लंगफेलो मिडिल स्कुल हुँदै मक्लिन हाई स्कुलमा अध्ययन गरे । हालैमात्र उनले युनिभर्सिटी अफ भर्जिनियाबाट न्यूक्लियर ईन्जियरींग विषयमा पीएचडी उपाधि हासिल गरेका छन् । अणु विज्ञान सम्बन्धि यो विषयमा पीएचडी गर्ने विशेर संखुवासभाकै पहिलो नेपाली समेत भएका छन्।

अमेरिकाको आणविक अनुसन्धानशाला रिचल्याण्ड वासिंटनबाट उनले सरकारी सेवा पनि सुरु गर्दैछन्। उच्च शिक्षामा हासिल गरेको उनको सफलतामा भर्जिनियाको नेपाली समुदायले हालै एक समारोहको आयोजना गरी उनलाई बधाई  ज्ञापन पनि गरेको छ । समुदायका अग्रजहरुले पछिल्लो पुस्तामा यो तहको उच्च शिक्षा हासिल गर्ने थोरै युवामध्येका एक विशर पौडेलको बौद्धिक र प्राज्ञिक उचाईबाट मातृभूमि र नेपाली समुदायले लाभ लिन सक्नुपर्नेमा जोड दिएका थिए । 

Views: