d

 शालिक राखेर राजा फर्किँदैनन्: कमल थापा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शालिक राखेर राजा नफर्किने बताएका छन् । सामाजिक संजालमा फेसबुकमा स्टाटस राख्दै थापाले यस्तो बताएका हुन् ।

थापाले फेसबुकमा लेखेका छन् ‘आन्दोलनको रापतापमा राजा लगायत विपी,भानुभक्त समेतको शालिक तोडफोड गरियो । त्यो गलत थियो ।नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन।शालिक राखेर राजा फर्कने होईन ।ईतिहासको सम्झना हो।लोकतन्त्र यति असहिष्णु हुनुहुन्न ।’

आज बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको थियो । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो ।

सोही घटनातर्फ ईंगित गर्दै थापाले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।आज स्वर्गीय राजा वीरेन्द्रको वंशनाश हुने गरि हत्या भएको २१ वर्ष पुगेको छ। file photo

Views: