d

विचार नमिल्ने दलहरू बीचको गठबन्धन हिलोको किलो झैं हल्लिरहन्छ : बाबुराम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दिगो लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धिका निम्ति गम्भीर भएर विकल्प सोच्न अपिल गरेका छन् ।


बिहीवार राति सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डा. भट्टराईले यस्तो आह्वान गरेका हुन् । 


उनले विपरित वैचारिक तथा राजनीतिक धरातलमा उभिएका दलहरूबीच केवल गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्,'विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ । त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन । दिगो लोकतान्त्रिक स्थिरता,सुशासन,समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोचौं ।'

May be an image of 1 person and text that says 'Baburam Bhattarai @brb1954 विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरुवीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधै हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ त्यसले दीर्घकालमा देश र जनताको हित गर्दन दिगो लोकतान्त्रिक स्थीरता, सुशासन, समृद्धिनिम्ति गम्भीर ढंगले विकल्प सोचौं!'

Views: