d

जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा कसको सम्भावना ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 संखुवासभा/ जिल्ला समन्वय समिति (जिसस) संखुवासभाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका नेता सुमन शाक्य दोहोरिने  चर्चा चल्न थालेको छ। यस अघि प्रमुखको जिम्मेवारी सम्हालिसकेका शाक्यलाई बलियो रुपमा हेरिन थालिएको हो।   उनका साथै जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका नेता राजेन्द्र घलेको समेत चर्चामा छन्।  

 निर्वाचन अघि पाँच दलीय गठबन्धनको बैठकले जिसस प्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरिसकेकाले शाक्यको सम्भावना बढेको बताइन्छ।   

शाक्य खाँदबारी नगरपालिका वाड नं.१ बाट वडा सदस्यमा निर्वाचीत भएका हुन्। 

Views: