d

विराटचोकमा ग्यालेक्सि डेण्टल क्लिनिक सञ्चालन, नगरप्रमुख गुरागाईद्वारा उद्घाटन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुन्दरहरैँचा/ मोरङ्को सुन्दरहरैँचा नगरपालिका १२ स्थित विराटचोकमा ग्यालेक्सि डेन्टल क्लिनिक उद्घाटन गरिएको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईले उद्घाटनगरे संगै क्लिनिकले औपचारिक रुपमा सेवा सुरु गरेको हो । सो अबसरमा मेयर गुरागाईले दाँतको उपचार शरिरका अन्य अंगहरुको जस्तै महत्वपूर्ण रहेकाले सुन्दरहरैँचामा स्थापना गरिएको क्लिनिकबाट यस क्षेत्रका बासिन्दाले अन्यत्र जान नपर्ने र यहिबाट सेवा लिने विश्वास व्यक्त गरे। उनले विपन्न समुदायका नागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न आग्रह गरे । त्यस्तै वडा नं १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालले आगामी दिनमा आवश्यक पर्ने सेवा सुविधा नगरपालिकाको साथै वडाबाट प्रदान गर्न तयार रहेको बताए।

 

No description available.

 

करिब २५ लाख भन्दा बढी लगानी रहेको क्लिनिकमा दाँत खोल्ने, दाँत लगाउने, दाँत सफा गर्ने, स्वास गन्हाउने, दाँतमा किरा लागेको दाँतमा सिमेन्ट चाँदी भर्ने, नमिलेको बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको जरै देखी च्ऋत् उपचार गर्ने, दाँत नभएको ठाउँमा दाँत लगाउने, दाँत एक्सरे गर्ने लगायत विभिन्न दाँत सम्बन्धी समस्याको उपचार गरिने क्लिनिकका सञ्चालक पंकज साहले जानकारी दिए।

 

No description available.

कार्यक्रममा वडा नं १० बाट सेवा लिन आएका सेवाग्राही घनश्याम पौडेलले विराटचोकमा ग्यालेक्सि डेन्टल क्लिनिक सञ्चालनमा आएपछि दाँतको उपचार गर्न नगर बाहिर सम्म जानु पर्ने बाध्यताको अन्त्य भएको बताए।

Views: