d

सुन्दरहरैंचाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई ४० संघ/ संस्थाको संयुक्त बधाई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सयुक्त रूपमा बधाई तथा शुभकामना दिने कार्यक्रमको आयोजना गरिएको छ । नगरपालिकामा क्रियाशील विभिन्न संघ संस्थाहरुले शनिबार सुन्दरहरैंचा ८ सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज, नागरिक समाज, विभिन्न युवा क्लव, साहित्यिक संस्था, गछिया जेसीज, लायन्स क्लबहरु, सञ्चार संस्था लगायत ४० वटा विभिन्न संघ संस्थाको आयोजना रहेको थियो ।

 

No description available.


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अधिकांश वक्ताले नगरको विकासलाई जनअपेक्षा अनुसार अगाडी बढाउनु पर्ने कुरामा जोड दिनुभएको थियो । प्रत्येक संस्थाले अलग–अलग यस्तो कार्यक्रम गर्दा धेरै समय खर्च हुने र नयाँ बजेट निर्माणको बेला समेत भएकाले त्यसलाई ध्यान दिई नयाँ कार्यक्रम गरिएको र एकताको सन्देश प्रवाहले विकासको लक्ष्यलाई जोड्न सकिने भएकाले कार्यक्रम आयोजना गरिएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले बताउनु भयो ।
 बधाई तथा शुभकामनाकै क्रममा  दुर्गादेवी दुलाल स्पोर्ट्स ग्रामका अध्यक्ष तथा व्यवसायी भोलेश्वर दुलालले सुन्दरहरैंचामा निर्माण हुन बाँकी सार्वजनिक शौचालय निर्माण कार्यमा निजी क्षेत्रले ठूलो सहयोगको वचन दिएको बताए । निर्माण भएका योजना नमूना भएको भन्दै यति एयरलाइन्सले यो शौचालय निर्माण अभियानका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने आफूलाई वचन दिएको बताउनु भयो ।

 

No description available.


यस्तै, कार्यक्रममा मन्तव्य राख्दै नवनिर्वाचित उपप्रमुख अकली चौधरीले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने व्यावसायिक क्षेत्र योजना अनुगमन र राजस्व परामर्शका विषय लगायत जनताको अपेक्षा अनुसार काम गर्ने बताउनु भयो । 

 

No description available.


नगरप्रमुख केदारप्रसाद गुरागाईले नागरिकका अपेक्षालाई समान रुपमा नयाँ ढंगले अगाडि बढाउने बताउँदै बजेट निर्माणको समय आउन लागेकोले  उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रसँग छलफल गरी यो नगरको निर्णय भन्दा पनि मेरो निर्णय हो भन्ने गरी कार्यक्रम ल्याइने उहाँको भनाइ थियो ।

 

No description available.


धेरैको सहभागितामा कार्यक्रम ल्याएर नगर विकासमा लाग्ने उनले बताए । उनले भने ‘जिल्लाको दोस्रो ठूलो नगर भएकाले इलाका प्रशासनको कार्यालय र हरैंचा तथा गछिया प्रहरी चौकीहरुको स्तर वृद्धिका लागि आफू लागिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रमको सञ्चालन सुन्दरदुलारी उद्योग वाणिज्य संघका महासचिव जीवनप्रसाद ढुंगानाले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले गर्नु भएको थिए ।

 

No description available.

Views: