d

भद्रपुरको महेन्द्रवाटिका सरसफाईमा प्रहरी हस्तक्षेप भएको भन्दै राप्रपाले गर्यो विरोध 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको चंद्रगढ़ी स्थित महेन्द्रवाटिका सरसफाईमा प्रहरी हस्तक्षेप भएको भन्दै राप्रपाले विरोध गरेको छ।  राष्ट्रवादी युवाहरुको आयोजनामा भएको वाटिका सरसफाई कार्यक्रममा व्यापक सुरक्षाकर्मी परिचालन गरि हस्तक्षेप गरिएको भन्दै जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले यस घटना प्रति राप्रपा झापाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।  

अध्यक्ष ओझाले ऐतिहासिक स्थलको सरसफाईमा रोक लगाउनु दुखद घटना भएको बताएका छन्।  

उनले युवाहरुले गरेको रचनात्मक कार्य प्रति आगामी दिनमा सकारात्मक रहिदिन सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको जनाएका छन्।  

 

 

सालिक पुनर्स्थापना समितिले ५ जना महिला दिदीबहिनीहरुलाई प्रहरीकै निगरानीमा बाटिका पार्क सरसफाई गर्न दिन आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि उपस्थित युवाहरुले चर्को नाराबाजी गर्दै सरसफाई गर्न पाउनुपर्ने माग राखेका थिए भने प्रहरी सँग केही बेर घम्साघम्सी समेत भएको थियो। प्रशासनले पार्कमा महेन्द्रकाे सालिक राख्न लागेको भन्दै झण्डै २०० भन्दा बढी संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटाएको थियो।


गत जेठ १८ गते समाजसेवी जयनारायण ढुङ्गानाको सौजन्यमा महेन्द्र बाटिकामा सालिक पुनर्स्थापना समितिले रङरोगन र श्रृङ्गारका काम गर्न आँटेकाे भन्दै नगरपालिका प्रमुखको ठाडो आदेशमा प्रहरीले रोकेको थियो। १६ वर्ष देखि सरसफाई र श्रृंगार नपाएको महेन्द्र बाटिकामा विगतका ५ वर्षको स्थानीय सरकारले समेत पार्ककाे बेवास्ता गरेपछि समाजसेवी युवा सहितका स्थानीय नागरिकहरूले उक्त पार्ककाे संरक्षणमा जुट्दा प्रशासनले रोक लगाएको थियोे ।

नगरप्रमुखको आदेशमा पार्क श्रृंगार तथा रङ्ग रोगनकाे काम रोकिएपछि युवाहरू आक्रोशित भएका थिए। सोही दिन जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको सर्वदलीय बैठकले कुनैपनि स्वतन्त्र व्यक्तिहरूले स्वःस्फूर्त रूपमा गरिने सरसफाई तथा पुरानै स्वरूपमा फर्काउने गरी गरिएको रङरोगन कार्यलाई अनधिकृत भनी घोषणा गरेपछि युवाहरु थप आक्रोशित बनेका थिए।


यसैगरी जेठ २० गते बेलुका ४.३० मा जिल्ला प्रसाशन कार्यालयको रोहबरमा, जिल्ला सुरक्षा निकाय प्रमुख र समितिका प्रतिनिधि सहित बसेको जिल्ला सर्वदलीय बैठकमा कुनै ठोस निर्णय हुन सकेको थिएन। श्री ५ महेन्द्रको सालिक पुनर्स्थापना गर्न नगरपालिकामा निवेदन दिएर प्रक्रियामा आएमा नगर कार्यपालिकाको बैठकबाट पारित भए मात्र सम्भव हुने कुरामा समितिका प्रतिनिधिले असहमति प्रकट गर्दै सहमतिमा हस्ताक्षर नगरी बाहिर आएको समितिका प्रतिनिधिले जानकारी दिए। समितिको बटमलाइन श्री ५ महेन्द्रको सालिक पुनर्स्थापना हुनुपर्छ भन्ने रहेको छ भने, अरु कुनै निर्णय नमान्ने र रोकिएको रङरोगनको कार्यलाई पनि सुचारु गर्न नगरपालिका सहमत भए मात्र प्रक्रियामा जाने समितिकाे अडान छ।


प्रदर्शन पछि भएको कोण सभालाई सम्बोधन गर्दै वक्ताहरुले महेन्द्र बाटिकाको सरसफाई गर्न नदिनु, नगरप्रमुख नै सरसफाई गर्ने जस्तो सकारात्मक कार्य संग डराएर सयौंको संख्यामा प्रहरी परिचालन गर्नु गणतन्त्र कायर भएको र यो नै आफ्नो जीत हो भन्दै आउँदा दिनमा चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्ने बताएका थिए।

 

May be an image of 4 people, people standing, people sitting and outdoors

 

May be an image of 3 people, people standing and outdoors

Views: