d

महेन्द्र पार्क सरसफाईमा रोक लगाएपछि युवाहरु आक्रोशित, चरणबद्ध संघर्ष गर्ने घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ जेठ २२, झापा: झापाको चन्द्रगढीमा तत्कालिन राजा महेन्द्रको नाममा स्थापना गरिएको महेन्द्र सालिक मर्मतसम्भारको अभावमा रहेको लामो समय वितिसकेको छ। मुलुकमा गणतन्त्र स्थापना भएपछि छायाँमा परेको यस पार्कलाई स्थानिय युवाहरुले रंगरोगन गर्ने अभियान नै चलाएका छन्।  जिर्ण पार्कका भौतिक संरचनाहरुमा रंगरोगन गरि तत्कालिन माओबादी द्वन्द कालमा तोडफोड गरिएको राजा महेन्द्रको शालिकलाई पुनर्स्थापना गर्ने अभियानमा लागेका स्थानिय युवाहरुलाई भद्रपुर नगरपालिकाले प्रहरी परिचालन गरि रोक समेत लगाई सकेको छ।    श्री ५ महेन्द्र शालिक पुनर्स्थापना समितिले आयोजना गरेको वाटिका सरसफाई कार्यक्रमलाई नै रोक लगाएपछि आयोजक पक्षले प्रहरीले अनावश्यक दमन गरको भन्दै आपत्ती प्रकट गरेका छन्। 

पार्क बाहिर भेला भएका सयौंको संख्यामा उपस्थित युवाहरुले प्रशासन विरुद्द नारावाजी गरेको बताइन्छ। 

'हामीले पार्कलाई सुन्दर बनाउनकै लागि स्वतस्फुर्त रुपमा जिम्मेवारी बहन गरेर सरसफाई गर्न थाल्यौं, राम्रै कार्य गर्दै गर्दा प्रहरी दमन भएको छ।' आयोजक समितिका संयोजक  सन्जीब मैनालीले भने। 

 करिब २०० को संख्यामा स्वतन्त्र युवाहरु झाडु र कुचो बोकेर सरसफाई गर्न जाँदा करिब प्रहरी परिचालन गरि रोकिनु दुर्भाग्यपूर्ण कार्य भएको मैनालीको आरोप छ।   

समितिले ५ जना स्थानिय महिलाहरुलाई प्रहरीकै निगरानीमा वाटिका सरसफाई गर्न दिन  आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि  उपस्थित युवाहरुले चर्को नाराबाजी गर्दै सरसफाई गर्न पाउनुपर्ने माग राखेका थिए।  केही बेर घम्साघम्सी समेत भएको थियो। प्रशासनले करिब २,३ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटाएको थियो। 

गत जेठ १८ गते समाजसेवी जयनारायण ढुङ्गानाको सौजन्यमा महेन्द्र बाटिकामा रंगरोगन र श्रृङ्गारका कामलाई नगरपालिका प्रमुखको ठाडो आदेशमा प्रहरीले रोकेको सचीब सन्तोश बिमलीले वताउछन्।   १६ वर्ष देखि सरसफाई र श्रृंगार नपाएको महेन्द्रवाटिकामा विगतका ५ वर्षको स्थानीय शासनले वेवास्ता गरेपछि सचेत नागरिकहरूले उक्त कार्य गर्दा रोक लगाइएको आयोजक पक्षले दावी गरेको छ।  

नगरप्रमुखको आदेशमा श्रृंगार काम रोकिएको उनीहरुको आरोप छ।   सोही दिन जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा  बसेको सर्वदलीय संयन्त्रले कुनैपनि स्वतन्त्र व्यक्तिहरूले स्वतस्फूर्त रूपमा गरिने सरसफाई तथा पुरानै स्वरूपमा फर्काउने गरी गरिएको रङरोगनलाई अनधिकृत भनी घोषणा गर्नु दुर्भाग्यपूर्ण रहेको भन्दै युवाहरुले आक्रोश पोखेका छन्।  

यसैगरी जेठ २० गते बेलुका ४.३० मा जिल्ला प्रशासन कार्यालयको रोहबरमा, जिल्ला सुरक्षा निकाय प्रमुख र समितिका प्रतिनिधि सहित बसेको जिल्ला सर्वदलीय बैठकमा कुनै ठोस निर्णय हुन सकेको थिएन। 

सालिक पुनर्स्थापना गर्न नगरपालिकामा निवेदन दिएर प्रक्रियामा आएमा नगर कार्यपालिकाको बैठकबाट पारित भए मात्र सम्भव हुने कुरामा समितिका प्रतिनिधिले असहमति प्रकट गर्दै सहमतिमा हस्ताक्षर नगरी  बाहिरिएका बताइन्छ। 

'हाम्रो बटमलाइन श्री ५ महेन्द्रको सालिक पुनर्स्थापना हुनुपर्छ भन्ने हो, अरु कुनै निर्णय मान्य हुनेछैन, साथै रोकिएको रङरोगनको कार्यलाई पनि सुचारु गर्न नगरपालिका सहमत भए मात्र हामी प्रक्रियामा जान्छौ', सह संयोजक चरन प्रसाईले भने। 

 

No description available.

प्रदर्शन पछि भएको कोण सभालाई सम्बोधन गर्दै वक्ताहरुले  महेन्द्रवाटिकाको सरसफाई गर्न नदिनु,  नगरप्रमुख जस्तो जिम्मेवार व्यक्तिले सरसफाई गर्ने जस्तो सकारात्मक कार्य रोक्न सैयौंको संख्यामा प्रहरीको प्रहरी परिचालन गर्नु जस्ता घटना गणतन्त्रकै असफलता भएको भन्दै आउँदा दिनमा चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्ने बताएका थिए।

No description available.

 

No description available.

 

No description available.

Views: