d

डाइनामिक पब्लिक लाइब्रेरी युथ बोर्ड गौरादहको पद हस्तान्तरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

डाइनामिक पब्लिक लाइब्रेरी (डि पि एल)  युथ बोर्ड गौरादहको  पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गौरादह १ स्थित वडा कार्यालयको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा २०२२ अध्यक्ष पवन सिटौला नेतृत्वको पदाधिकारी तथा सदस्यहरुलाई संस्था विधान अनुसार सपथ गराउदै पद हस्तान्तरण गरिएको हो। 

निवर्तमान अध्यक्ष सरोज गुरागाइको सभापतित्व तथा वडाध्यक्ष नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न संस्थाका केन्द्र देखि पालिका तह सम्मका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष भण्डारीले समृद्ध समाज निर्माणमा पुस्तकालयहरुको महत्वपूर्ण योगदान रहने चर्चा गरे । 

कार्यक्रममा संस्था महासचिव पुर्णिमा तिम्सिना, विर्तामोड अध्यक्ष अस्विन देउजा, नेसनल टिम अध्यक्ष सन्दिप न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए। 

नेसनल टिम उपाध्यक्ष लक्ष्मी न्यौपानेले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन वर्ष २०२१ का महासचिव दिपिन्द्र खतिवडाले गरेका थिए।  image: damak online

 

No description available.

Views: