d

सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुग्यो - ओली 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको बताएका छन् । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै सरकारलाई यसबारे केही ज्ञान नरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।  

विश्व वातावरण दिवसको अवसर पारेर आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार असक्षम रहेको बताए । file photo

Views: