d

गौरादहका मेयर दुई वडाध्यक्ष र उपमेयर सहित ओली निवासमा  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ २२ जेठ, झापा: गौरादह नगरपालिकाका नवनिर्वाचित मेयर छत्रपति सुवेदी एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट स्थित ओली निवास पुगेका छन्।  निर्वाचित भए पछि पहिलो पटक सुवेदीले ओलीलाई भेटेर गौरादहका समसामयिक विषय माथि छलफल केन्द्रित गरिएको बुझिएको छ।  
मेयर सुवेदी सहित उपमेयर जलवर्षा राजवंशी, वडा न. ४ का वडाअध्यक्ष दुर्गामणी बस्नेत, वडा न. ५ का वडाध्यक्ष जगन्नाथ खनाल तथा महारानी झोडा साना किसान सहकारी संस्था अध्यक्ष मिना ढकालको टोलीले ओलीलाई भेटेर गौरादहको विकास मोडालिटी बारे छलफल केन्द्रित गरिएको बुझिएको छ।  

गणतन्त्र आएको लामो समय वितिसक्दा पनि  गौरादह नगरपालिका भित्र ठुला खाले आयोजनाहरु पर्न सकेको देखिदैन।  नगर गौरवको आयोजना अन्तर्गत लिईएको गौरादहका पोखरीको अवस्था पनि लथालिंग देखिएको छ।   

मेयर पदमा विजयी भए संगै गौरादहका नागरिकहरुले सुवेदी संग निकै ठुलो अपेक्षा राखेको पाइन्छ।  नगर गौरवका आयोजनाहरु पस्किन नसक्दा २०४६ साल देखिका जनप्रतिनिधिहरु पटक पटक आलोचित भएको गौरादहको सबै भन्दा जटिल समस्या रतुवा खोला हो।  हरेक वर्ष रतुवा खोलाका कारण वडा न. ५ र ६ का नगरवासीहरुले सास्ती भोग्नु परेको छ।  त्यसो  त रतुवा खोलाको विषयमा सुवेदी निकै चिन्तित पनि देखिन्छन् । साविक कोहवरा गाविसका जनप्रतिनिधि सम्हाल्दै पछिल्लो ५ वर्ष वडा न. ५ कै वडाध्यक्ष रहेका सुवेदी तिनै व्यक्त हुन् जसले रतुवा खोलाले कसैको घर खेत बगाउदै गर्दा मध्यरात नभनी उद्दारमा खटिएका उदाहरण प्रसस्तै उदाहरण भेटिन्छन्।  यसो हुनुको पछाडी सुवेदीको घर रतुवा खोला नजिकै रहेकोले पनि हो।   उनको घरबाट रतुवा खोला पुग्न १५ मिनेट भन्दा धेर हिड्नु पर्दैन। 

अर्कोतिर किसानहरुले  समयमा रासायनिक मल, उन्नत  विउ, सिचाइ सुविधा प्राप्त गर्न नसक्दा हरेक वर्ष उत्पादन घट्दो हुन थालेको छ भने उत्पादित कृषि उपजको वजार  व्यवस्थापन हुन नसक्दा समग्र कृषि क्षेत्रकै भविष्य उजाड हुँदै गएको पाइन्छ ।   

अपेक्षाकृत विकासका मोडालिटी र दिगो विकासको सिद्दान्तलाई मुख्य मिसनको रुपमा लिएको बताउने गौरादहका मेयर छत्रपति सुवेदीले  नगर गौरवका आयोजनाहरु के कस्ता पस्कन  सक्छन् भन्ने विषयमा छलफल र बहस हुनु स्वाभाविक नै हुने गरेको पाइन्छ।  

Views: