d

यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिएका थिए ।

जवाफका क्रममा उनले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए ।

उनले हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई समेत मध्यनजर गर्दै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने बताए ।

हदम्याद बढाउँदा सकारात्मक नकारात्मक परिणामलाई समेत उल्लेख गर्न भनिएको पनि उनले बताए।

हदम्यादको कारणबाट न्यायबाट वञ्चित नहोस् भन्ने विषयमा सरकार गम्भीर भएको हाे।

Views: