d

जोखिममा विद्यार्थी : ठेकेदार कम्पनिको लापरबाही प्रती सरोकार पक्ष मौन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२३ जेष्ठ , झापा/ राष्ट्रिय  राजनितिमा प्रभाव  जमाइसकेका  नेताहरुको  ग्रामिण गृहनगर गौरादह नगरपालिका पुर्बकै एक चर्चित नगरपालिका अन्तरगत पर्दछ ।  
विभिन्न विषयहरुमा चर्चा कमाउने झापाको गौरादह नगरपालिकामा  पछिल्लो समयमा सस्तो लोकपृयताका लागि  बिकासनिर्माणका दर्जनौ आयोजना निर्माणाधिन अवस्थामा छन् । 

बिकास निर्माणका आयोजना संचालित भएपनि सुस्तगतिको निर्माण प्रकृयाले स्थानिय जनताहरु  सास्ती भोग्न बाध्य छन् ।      लथालिङ्गे पाराका बिकास आयोजनाहरु दुर्घटनाका कारक बन्दापनि सरोकारवाला निकायहरु मौन रहदा यहाँका  स्थानिय जनता आजित बनेका छन् ।  
यस्तै एक उदाहरण अन्तरगत  गौरादह नगरपालिकाको मुख्य बजार गौरादह बजारबाट कृषि थोक बजार  जाने सडकको बायाँतर्फ सघन शहरी  तथा भबन निर्माण  आयोजना भद्रपुरको बजेट लगानीमा  करिब डेढ बर्ष अघिदेखि निर्माण  हुँदैगरेको  ड्रेन निर्माणकार्यले गति लिननसक्दा त्यहाँका स्थानियबासीहरु सास्ती भोग्न बाध्य छन् ।

सोही सडक खण्डमा पर्ने अमर माध्यमिक बिद्यालय क्षेत्रमा निर्माण गरिएको ड्रेन खुल्लै रहदा त्यहा अध्ययन गर्ने विद्यार्थीहरु  जोखिम मोलेर बिद्यालय प्रवेश गर्दैआएका छन्  ।
 यसका अलावा उक्त सडकखण्डमा त्रिभुवन विश्वबिद्यालय कृषि तथा पशु  विज्ञान अध्ययन संस्थानको सम्बन्धन प्राप्त गौरादह कृषि क्याम्पस,  एक  निजी माध्यमिक बिद्यालय, एक मन्टेश्वरी विद्यालय, एक सार्वजनिक मन्दिर तथा गौरादहकै एकमात्र कृषि थोक बजार पनि पर्दछ ।साथै निर्माणाधीन अवस्थामा रहेको गौरादह बहुमुखी क्याम्पस र लायन्स चिल्ड्रेन पार्क पनि यसै सडकखण्ड अन्तर्गत पर्ने शाखा सडकमा पर्दछन् ।  नगरकै मुख्य बजारमा पर्ने उक्त सडकमा दैनिक सयौंको संख्यामा मानिसहरु आवत जावत गर्ने  गर्दछन् । 

गौरादह नगरपालिका वडा नं २ को वडा कार्यालय तथा निर्माणाधीन अवस्थामा रहेको वीपी स्मृति भवन पनि सोही सडकमार्गको भित्री सडकमा पर्ने हुनाले यति धेरै महत्व बोकेको सडकमा निर्माण गरिने जुनसुकै विकास निर्माणका कार्यहरुलाई अति संवेदनशील ढंगबाट अगाडि बढाउन आवश्यक देखिन्छ । 
यतिका महत्व बोकेका सार्बजनिक सरोकारका संस्थाहरु रहेको उक्त सडक खण्ड बिकास निर्माणको बहानामा  वर्षौं देखि लथालिङ्ग पारिदा दुर्घटनाको कारण बन्दैगएको छ ।  


'बर्खा मौसम लागि सक्यो निर्माणकम्पनीले लथालिङ्ग छोडेको ड्रेनमा नजिकै रहेको विद्यालयकस  बालबालिकाहरु  जोखिम मोलेर विद्यालय प्रवेश गर्दा जुनसुकै बेला उक्त ड्रेनमा परि मानविय क्षति हुन सक्छ । दुर्घटना भए यस्को जिम्मा कस्ले लिने',  स्थानिय ओम कुमार राजबंशीले  गुनासो पोखे ।

Views: