d

काठमाण्डौको फोहोर विसर्जन समस्या टर्यो, बन्चरे डाँडामा फोहोर पठाइने सहमती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौंमा थुप्रिएको फोहोर मंगलबार बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ। सहमती जुटाउदै सहरी विकास मन्त्रालय, काठमाडौैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको हो ।

सहमती पत्रमा हस्ताक्षार भए संगै तत्कालको लागि समस्या टरेको छ। 

सहरी विकास मन्त्रालयमा सोमबार अबेर काठमाडौं महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको सहमतिपत्रमा उल्लेखित छ ।

सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन गरेको, अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने र प्रभाविक क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिवद्धता जनाएको छ । 

काठमाडौं महानगरपालिकाले उपत्यकामा उत्पादन हुने फोहोरलाई आगामी १ साउनदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने प्रतिबद्धता जनाएको छ । १० दिनभित्र रासायनिक र जैविक उपचार गरी दुर्गन्ध हटाउने प्रतिवद्धता पनि महानगरले जनाएको छ ।  वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने प्रतिवद्धता पनि काठमाडौँ महानगरले जनाएको छ । 

फोहोर विसर्जनमा ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले सहयोग र सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

Views: