d

बरिष्ठ पत्रकार किशोर नेपालको नाममा पुरस्कार स्थापना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’ स्थापना गरिएको छ ।

पत्रकार नेपालको ७० औं जन्मोत्सवका अबसरका मिडिया इन्टरनेसनलले उक्त राशीको पुरस्कार घोषणा गरेको हो ।

 नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक बर्ष पुरस्कार प्रदान गर्ने छ । नेपाली पत्रकारितामा किशोर नेपाल ७० बर्षमा पनि सक्रिय पत्रकारकै रुपमा छन् । राष्ट्रिय स्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

Views: