d

नेप्से परिसूचक ४५ अंकले गिरावट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पछिल्लो एक हप्तादेखि निरन्तर रूपमा नेप्से परिसूचक ओरालो लागेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४५.५९ अंक घटेर दुई हजार २०.२३ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ११.२४, फ्लोट इन्डेक्स ३.१८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.७२ अंकले गिरावट आएको छ।

आज कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता सेयर एक अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। सोमबार एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँबराबरको कारोबार भएको थियो।


आज १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये बैंकिङ, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटेल तथा पर्यटन, जलविद्युत्, लघुवित्त, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेकाे छ।

नेप्से निरन्तर ओरालो लागे पनि दुई कम्पनीको सेयर निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर रहेका छन्। त्यस्तै, हिमालयन बैंकको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

Views: