d

‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’ भन्दै विराेध प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यावहारिक बताउँदै राष्ट्रिय युवा सङ्घ नेपालले विरोध प्रदर्शन गरेको छ । 

राष्ट्रिय युवा सङ्घ नेपालले आज मङ्गलवार नयाँ बानेश्वरकाे यातायात व्यवस्था विभागमा  विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजीसहित चर्को आलोचना गरिएको थियाे । 

प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले यदि सरकारकाे सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताए । उनले इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियाहरूलाई पोस्ने काम गरेको आराेप लगाए । 

इम्बोस्ड नम्बर प्लेट जडानमा अर्बाैँकाे स्वार्थ लुकेको भन्दै युवा सङ्घ अध्यक्ष पौडेलले भाेलि बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि लिखित उजुरी दिइने बताए । 

विरोध प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’, ‘ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो । image: Ujyalo

Views: