d

गौरादह १ का वडाध्यक्षको प्रतिवद्दता: सुशासन र दिगो विकास

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 झगेन्द्र खड्का 

गौरादह/स्थानीय क्षेत्रकाे दिगाे बिकासका लागि जनप्रतिनिधिका साथै जनताले पनि अनुशासित भई जिम्मेवारी पुर्ण भुमिका निर्वाह गर्नु पर्ने स्थानीय बासिन्दाले बताएका छन। गौरादह नगरपालिका वडा नं -१ ले आयाेजना गरेकाे सुशासन र दिगाे बिकास अन्तरक्रिया तथा सम्मान कार्यक्रममा स्थानीय बासिन्दाले वडाकाे बिकासका लागि जनप्रतिनिधिले प्राथमिकताका आधारमा बजेट बिनियाेजन गर्नु पर्ने र बिनियाेजित बजेटबाट सहि ढंगले काम भए नभएकाे जनताले पनि अवलाेकन गर्नुपर्ने बताएका छन।वडा बासिले वडामा दिगाे र भरपर्दाे बिकासका लागि निति नियममा पारदर्शी, जनताले तिरेकाे करकाे पुर्ण सदुपयाेग भएकाे महसुस,महिला तथा बालबालिकालाई शिक्षा,स्वास्थ्य,पाेषण, सरसफाइमा ध्यान पुर्याउन तालिमकाे ब्यबस्था गरिनु पर्ने धारणा राखेका थिए। अन्तरक्रिया कार्यक्रममा बाल्दै नेपाल शिक्षक महासंघका सह सचिब नारायण कार्कीले गौरादह नगरपालिकामा बसाेबास गर्ने अधिकांश नागरिक कृषि पेशामा आश्रित रहेकाले कृषि उत्पादनलाई प्राथमिकतामा राखि उत्पादित सामग्रीकाे बजार ग्यारेन्टी गरिनु पर्ने धारणा राखेका थिए।किसानलाई खेतीमा सहजताका लागि समयमा रासायनिक मल र बीउ उपलब्ध गराइनु पर्ने बताएका छन।बजार आसपासका क्षेत्रमा अव्यवस्थित घडेरी पल्टिङका कारण खेतीयोग्य जमिन मासिदै गएकाले यसकाे दिर्घकालिन उपाए खाेजिनु पर्ने कार्कीकाे भनाइ थियाे।बिपन्न तथा गरिबलाई सीप सिकाई राेजगारिका अवसर सृजना गराउन स्थानीय सरकार लागि पर्नु पर्ने धारणा राखेका थिए।वडा नं -१ काे वडा कार्यलयले साेही कार्यक्रम मार्फत पुर्ब जनप्रतिनिधिलाई बिदाई गरेकाे थियाे। वडा नं -१ मा दाेस्राे कार्यकालका लागि निर्वाचित वडाध्यक्ष नगेन्द्र भण्डारीले वडा नं -१ का पुर्ब वडा सदस्यहरु चन्द्र सुब्बा, देबिमाया श्रेष्ठ, काेमल ढुङगाना र गंगा बि.क. लाई मायाकाे चिनाे सहित सम्मान पत्रका साथ सम्मान गरेका थिए। कार्यक्रममा सितापुरी खानेपानीका अध्यक्ष टंक सुब्बा, जेष्ठ नागरिक संघ गौरादह नगर अध्यक्ष गाेपाल प्रसाद काफ्ले,लिला पराजुली लगायतले धारणा राखेका थिए।कार्यक्रमकाे सभापति समेत रहेका वा नं -१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले वडाकाे बिकास र सुशासनका बिषयमा नागरिककाे सिर झुक्न नदिने बिस्वास दिलाएका थिए।

 

तस्विर सौजन्य: नगेन्द्र भण्डारी
 

May be an image of 8 people, people sitting and indoor

May be an image of 7 people and people sitting

 

May be an image of 6 people, people sitting and indoor

 

May be an image of 1 person, standing, flower and indoor

 

May be an image of 5 people, people sitting and indoorMay be an image of 5 people, people sitting and indoor

 

May be an image of 3 people and people standing

 

May be an image of 3 people and people standing

 

May be an image of 6 people and people sitting

 

May be an image of 5 people and people standing

 

May be an image of 4 people and people standing

 

May be an image of 6 people, people sitting and indoor

 

May be an image of 9 people, people sitting, people standing and indoor

 

May be an image of 6 people, people sitting and indoor

 

 

Views: