d

पब्जी खेल्न नपाउँदा आमाको हत्या, हत्या पछि साथीलाई बोलाएर पार्टी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतको लखनउमा एक १६ वर्षीय एक बालकले पब्जी खेल्न रोक्ने आफ्नी आमाको गोली हानी हत्या गरेका छन्।  मध्यरातमा सुतिरहेको बेला आमालाई कन्चटमा गोली हानी हत्या गरेको बताइएको हो।   अभियुक्त बालकका बाबु भारतीय सेनामा कार्यरत छन्।  ति बालकले आफ्नै बाबुको नाममा लाइसेन्स रहेको बन्दुक र गोली प्रयोग गरि हत्या गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। 

 आमालाई बुबाको लाइसेन्सको पेस्तोलले गोली हानेपछि उनले आमालाई कोठामा थुनेर उनी जिउँदै छिन् वा मरेका छन् भनी निरन्तर जाँच गरिरहे ।

 गोली लागेपछि उनकी आमा बिहानसम्म जिउँदै थिइन् ।

'कन्चटमा गोली लागेर छट्पटाएकी आमालाई कोठामा ताला बन्द गरेर राखे, आमा संगै सुतेकी बहिनीलाई लिएर अर्को कोठामा गए, उनले आमा मरेकी छिन् की ज्युदै छिन् भनेर । १० पटक ढोका खोलेर हेर्थे।  २ दिन सम्म साथीलाई बोलाएर घरमै पार्टी दिए।'

अभियुक्त बालकले आफुले हत्या गरेको प्रहरीमा स्वीकार गरेको बताएको खबरहरुमा जनाइएको छ। 
उता  

प्रहरीको रिपोर्ट अनुसार उनले उनको शव लखनउस्थित आफ्नो घरमा तीन दिनसम्म लुकाएर राखेका थिए । दुर्गन्ध फैलिन थाले पछि ती बालक आफैंले आमाको हत्या बारे बाबुलाई फोन गरेर जानकारी गराएको बताइएको छ। 

पिडित पिताले आमाको हत्या गर्ने आफ्नो छोराले आजिवान कारागार सजायँ पाओस भनेका छन्।   

Views: