d

चरा खाेजकर्ता देवेन खरेलले पाए नाट्टा उत्कृष्ट सम्मान पुरस्कार (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काँकडभिट्टा , २८ जेठ/ यसवर्षकाे नाट्टा उत्कृष्ट सम्मान एवम् पुरस्कार चरा खाेजकर्ता देवेन खरेललाई प्रदान गरिएकाे छ । 

नेपाल एसाेसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा प्रदेश नम्वर १ काे शनिवार विर्तामाेडमा सम्पन्न १०  ओैँ वार्षिक साधारण सभाका अवसरमा खरेललाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएकाे हाे । 

नगद ५ हजार रूपैयाँसहित सम्मान पत्र र दाेसल्ला कार्यक्रमका प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापा नाट्टा प्रदेश नम्वर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले संयुक्तरूपमा प्रदान गर्नुभएकाे थियाे । 

नाट्टा १ नम्वर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दैँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा बाेल्ने अधिकाँश बक्ताहरूले पर्यटन व्यवसायीहरूकाे हक, हित अधिकार प्राप्तिका लागि आपसमा एकजुट भएर अघि बढ्न जाेड दिएका थिए । वक्ताहरूले विविधकारणले दैनिकजसाे पर्यटन व्यवसायीहरू पलायन भएकाले उनीहरूकाे समस्या पहिचान गरि समाधानकालागि सम्बन्धित पक्ष लाग्नु पर्नेमा जाेड दिएका थिए ।

सरकारले हरेक वर्ष पर्यटनको क्षेत्रमा वजेट विनियाेजन गरे पनि ठाेस रूपमा कार्यन्वयन नभएकाे भन्दै सरकारकाे आलाेचना गरेका थिए । 

उनीहरूले देशभरका पर्यटन व्यवसायीहरू एउटै भएका राज्यले वजेट विनियाेजन गर्दा समावेशीरूपमा गर्न सरकारकाे ध्यानाकर्षण गराएका थिए ।

No description available.

 

कार्यक्रममा प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष थापा, नेपाल पर्यटन वाेर्डका कार्यकारी सदस्य कृष्ण शाह,नाट्टाका सल्लाहकार भविशकुमार श्रेष्ठ , नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, नाट्टा सुदूरपश्चिम प्रदेशका सचिव शिवहरी पाण्डे, नाट्टा मधेश प्रदेशका अध्यक्ष माेहन शर्मा,नेपाल पर्यटन बाेडका अधिकृत सुर्य थपलिया, सम्मानित व्यक्ति देवेन खरेल, हाेटल व्यवसायी संघ १ नम्वर प्रदेश अध्यक्ष राजन श्रेष्ठ , पुर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले बाेल्नु भएकाे नाट्टाका प्रेस संयाेजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयाे ।

महासचिव नवीन खरेलले सञ्चालन गर्नुभएकाे उद्घाटन सत्रमा सहभागी सवैलाई वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले स्वागत गर्नुभएकाे थियाे ।

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

photo credit: Laxmi Uperty

Views: