d

प्रसारण लाइनको टावर हुँदै एक व्यक्ति तारमा हिडेपछि ...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - मानसिक सन्तुलन गुमाएका एक व्यक्ति प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको त्रिशूली थ्री 'ए' जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ ।

नुवाकोटको ककनी नगरपालिका – ७ मा प्रसारण लाइनको तारमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि बिहान १० बजेदेखि आयोजना बन्द गरिएको बताइएको हो।

ती व्यक्ति बिहान ९ बजेतिर टावरमा चढेको स्थानीयले देखेपछि हल्ला भएको र प्राधिकरणले आयोजनाको उत्पादन बन्द गर्नु परेको बताइएको छ। 

आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ । त्रिशूली थ्री 'ए' बन्द हुँदा अहिले प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या परेको छ । देशका केही ठाउँमा लोडसेडिङ गरिएको र भारतबाट आयात बढाइएको प्राधिकरणले जनाएको छ।  

‘केही ठाउँमा लोडसेडिङ भइरहेको छ, केही ठाउँको लागि भारतबाट आयात बढाएका छौँ, एकजना मान्छेले गर्दा देशभरकै विद्युत् व्यवस्थापनमा गाह्रो पर्यो’ प्राधिकरणका कर्मचारीहरु बताउछन् ।

 तारमा पुगेका व्यक्ति यताउता गरिरहेका र उनलाई भुइँमा झार्न प्रहरीले अनेक कोसिस गर्दा पनि सफल हुन् नसकेको खबरहरुमा उल्लेख छ।  

Views: