d

प्रसारण लाइनमा व्यक्ति चढ्दा प्राधिकरणलाई १ करोडभन्दा बढी घाटा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका एक व्यक्तिका कारण विद्युत् प्राधिकरणलाई एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको छ ।

मानसिक सन्तुलन गुमाएका व्यक्ति तारमा पुगेपछि उनको सुरक्षाको लागि प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र ५ मेगावाटको अर्को आयोजनाको उत्पादन बन्द गरेको थियो।

बिहान १० बजेदेखि बेलुका झन्डै ८ बजेसम्म उत्पादन बन्द हुँदा प्राधिकरणको एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको प्राधिकरणले जनाएको छ ।

Views: