d

एम्बुलेन्स चालकहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक/ दमक नगरपालिकाले यहाँ सेवा दिइरहेका एम्बुलेन्स चालकहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम  सञ्चालन गरेको छ ।
नगरपालिकाको सभाकक्षमा आज शनिबार आयोजित तालिममा दमक नगर र चुलाचुलीका समेत करिब ३० जना एम्बुलेन्स चालकहरु सहभागी छन ।
तालिमको उदघाटनका अवसरमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले एम्बुलेन्स चालकहरुले आर्थिक लाभलाई भन्दा धेरै सेवालाई प्राथमिकतामा राखेर आफनो क्षेत्रमा खटिन सुझाव दिए । उनले बिरामीको जिवनमरणको सवालमा एम्बुलेन्स चालकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले बिरामीको सेवालाई उच्च प्राथमिकतामा राखिनु आवश्यक भएको उल्लेख गरे । कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई ( प्रसाइँ)ले चालकहरुले गर्भवती , सुत्केरी बिरामी तथा असहायहरुलाई सेवा दिँदा विशेष ध्यान पुरयाउन आग्रह गरिन ।


सो अवसरमा दमक नगरपालिकाले नगर भित्रका अस्पतालहरुमा सुत्केरी गराउन जाँदा दिइरहेको निशुल्क एम्बुलेन्स सेवाका बारेमा आम नगरबासीहरुलाई अझै पनि जानकारी नभइरहेको हुँदा चालकहरुले सो बिषयमा लाभग्राहीलाई जानकारी गराउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने पनि जानकारी गराइएको थियो । सो तालिममा डा. एलेन सुवाल र निर्जला बाजिकोले सहजीकरण गरिरहेका दमक नगरपालिकाका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।
दमकका पुराना एम्बुलेन्स चालक टंक ढकालले यस किसिमका तालिमले चालकहरुलाई सेवाप्रति अझ बढी जिम्मेवार बनाउन महत्वपूर्ण हुने प्रतिक्रिया दिएका छन ।

Views: