d

  ‘मिस एसइइ नेशनल २०२२’ को ताज दृष्टि बस्नेतलाई प्रदान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । ‘मिस एसइइ नेशनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् । २१ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । विजेता बस्नेतले बिभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्राबृत्ति (एयर होस्टेज, फेसन डिजाइनिङ’) लगायत हात पारेकी छन् ।

शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगीतमा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए । सबै विजेताले बिभिन्न बिभिन्न गिफ्ट र उपहार समेत हात परेकी छन् ।

युहान इन्टरनेशनल आयोजक र एमी इन्टरटेनमेन्टको सहकार्य रहेको प्रतियोगीतामा पब्लिक चोइस प्रमीशा चौलागाई, फष्ट रनरअप पब्लिक चोइस दृष्टि बस्नेत, भियुर्स चोइस प्रमीशा चौलागाई, फष्टरनरअप भियुर्स चोइस मञ्जिशा कँुवर, म्यानेजमेन्ट चोइस तृषा अर्याल, मिस ट्यालेन्ट लिपी दाहाल, मिस फोटोजेनिक अबिरा कार्की, वेष्ट वाक पूजा पराजुली, वेष्ट पुर्सनालिटी अरुणिमा सिंह, मिस स्टाइलिस बेलिरिना कार्की, मिस कञ्जिनालिटी लुनिभा कपाली, मोष्ट चार्मिङ श्रेना भण्डारी, मिस कन्फिडेन्ट शिवानी रे, मोस्ट इन्टेलिजेन्ट सेनीका सुवेदी, मोस्ट एक्टिभ जिज्ञाशा केसी लगायतले हात पारे ।

धिरज तण्डुकार, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन ब्यवसायी तथा समाजसेवी संगिता रौनियर, मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’ की विजेता सायुरी श्रेष्ठ लगायत निर्णायक रहेको प्रतियोगीतको केरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

एसइइ दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकले जानकारी दियो । News/ photo: Rajdhani daily

Views: