d

इस्टु झापा अधिवेसन भदौ १८ मा, को बन्ला अध्यक्ष? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे 

झापा: निजी विद्यालयमा कार्यरत शिक्षकहरुको संस्था (इस्टु) को झापा जिल्ला अधिवेशन आगामी भदौमा हुने भएको छ। जेठ दोश्रो साता केन्द्रिय अधिवेशन सम्पन्न भए लगत्तै जिल्ला अधिवेशनहरु गर्न लागिएको हो।  झापा जिल्ला अधिवेशन आगामी जेठ महिनाको १८ गते शनिवार आयोजना हुने बताइएको छ।  

झापा जिल्ला अध्यक्षमा बहालवाला अध्यक्ष हुन् होमराज खतिवडा।  शनिवार खतिवडाकै अध्यक्षतामा सुरुङ्गामा बसेको  बैठकले समसामयिक विषयमा निर्णय गर्दै जिल्ला अधिवेशनलाई सफल बनाउन बैठक केन्द्रित गरिएको बताइन्छ।  

निजि क्षेत्रमा कार्यरत शिक्षकहरुको हक हितको पक्षमा वकालत गर्ने इस्टुको झापा जिल्ला अध्यक्ष को बन्ला भन्ने विषयमा शिक्षकहरुमाझ चर्चा परिचर्चा  शुरु हुन लागेको छ। खतिवडाको अध्यक्षतामा रहेको पछिल्लो कार्यकालमा निजि शिक्षकहरुको दिर्घकालिन हितको लागि खास उपलब्धी नदेखिएता पनि अनधिकृत रुपमा गरिने शिक्षक निस्कासनको विषयमा भने निकै सफल रहेको मानिन्छ।  शुरुवाती दिनहरुमा संचार क्षेत्रको समर्थन समेत निकै राम्रो पाएका खतिवडा यति बेला भने संचारजगतमा खासै देखिने गरेको पाइदैन।  प्रदेश समितिको आयोजनामा कोरोना महामारीको समयमा तलवविहिन शिक्षकहरुले गरेको प्रदर्शनीमा झापाको विर्तामोडमा निकै प्रभावकारी भूमिकामा देखिएका खतिवडा अधिवेशन नजिकिदै लाग्दा भने पुन: चर्चामा आउन थालेका पाइन्छ।   

अन्तराष्ट्रिय क्षेत्रमा रहेका श्रमिकहरुको संगठनमा समेत आवद्द रहदै आएको इस्टुको झापा जिल्ला अधिवेशनलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ।   यो पटक झापा जिल्ला अध्यक्षको आकांक्षीमा  खतिवडा सहित सान नेपाल र राजु बरालको नाम चर्चामा रहेको पाइन्छ।

'प्रजातान्त्रिक पद्दतीबाट सम्पन्न हुने इस्टु निर्वाचनको अलग्गै महत्व रहेको छ, यो पटक हामी सवल व्यक्तिहरु छानेर जिल्ला कार्यसमिति निर्माण गर्ने र शिक्षकहरुको हक हितको लागि सदाबहार रुपमा लागिपर्ने नेतृत्वको खोजीमा छौं।', इस्टु नेता विकास अधिकारीले पर्दाफासलाई बताए। 
 'इस्टु सस्ता भाषणमा विश्वास गर्दैन, काममा विश्वास गर्छ।   योग्य नेतृत्व भए संस्था जिवन्त रहन सक्छ।', अधिकारीले भने।  

Views: