d

अपाङ्गताको क्षेत्रमा सुन्दर हरैचाको नमुना कार्य: नगर प्रमुखले गरे उद्घाटन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 सुन्दरहरैंचा –१० मा अपाङ्गता भएका व्यक्तिहरुद्वारा प्रदेश स्तरीय कोशेली घर सञ्चालनमा आएको छ । कोशेली घरको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको छ । कोशेली घरमा अपाङ्गता भएका व्यक्तिहरुले नै निर्माण गरेका सामग्री राखि सञ्चालनमा आउनु सुन्दरहरैंचा तथा प्रदेशमा नै अपाङ्गता क्षेत्रको सफलता रहेको र आवस्यक साथ समेत रहेको नगर प्रमुख गुरागाईंले बताउनु भयो ।
कार्यक्रममा केन्द्र देखि जिल्ला र स्थानीय तह सम्मका अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्व सहितको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सि.वि.आर.एफ. सिता अधिकारीले सुन्दरहरैंचामा अपाङ्गताको क्षेत्रमा राम्रो काम भइरहेको र आगामी दिनमा समेत निरन्तर काम हुने बताउनु भयो । उमा सेढाईंले पनि सहकार्यका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भयो । 
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ लगायत अन्य सङ्घ–संस्थाको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश कै नमुना कोशेली घर नेत्रहिन युवा सङ्घका अध्यक्ष दुर्गानाथ योगीले सञ्चालन तथा व्यवस्थापन गर्नुभएको र उक्त कार्यक्रममा प्रदेश नैं १ को सहयोग रहेको थियो ।

Views: