d

गौरिगंजमा जनप्रतिनिधि नयाँ, काम गर्ने शैली पनि नयाँ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरीगंज/गौरीगंज गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले अब बन्ने नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य,कृषि, खानेपानी, बिद्द्युत र सडकलाई पूर्ण प्राथमिकतामा राख्दै समृद्द गौरीगंज निर्माणको दिशामा पालिकाबासी संग बृहत छलफल सहित अगाडी बढ्ने बताएका छन् । रिपोर्टस क्लब नेपाल मेची शाखाले गाउँपालिकाका जनप्रतिनिधि सँग नयाँ बजेट र अबकाे प्राथमिकता बिषयमा पत्रकार सँगकाे साक्षात्कार कार्यक्रममा जनप्रतिनिधिले गाउँपालिकाकाे बिकासका लागि जनताका मुख्य आवश्यकतालाई प्राथमिकतामा राखी बनाइएको निति कार्यक्रम अनुसार बजेट बिनियाेजन गरि बिकास निर्माणका काम गरिने बताएका हुन्। 

उनीहरुले आगामी ५ वर्ष भित्रमा सुन्दर गौरिगंज निर्माण गरेर जनतालाई हस्तान्तरण गर्ने प्रतिवद्दता व्यक्त गरेका छन्।  

गाउँपालिका भित्र हुने गरेकाे बेतिथीकाे अन्त्य गर्ने जनप्रतिनिधिकाे भनाइ छ। गौरीगंज गाउँपालिकाकि अध्यक्ष फुलबती राजवंशीले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक निर्माण तथा अन्य क्षेत्रमा हुने गरेकाे बेथितिलाई रोक्न छड्के अनुगमन गरिने बताएकी छन।सञ्चारकर्मीहरु सँगकाे साक्षात्कार कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाकाे जवाफ दिदै प्रमुख राजवंशीले अनुगमनकाे माध्यमबाट भएका कमी कमजोरीलाई सुधार गरि जनताका काम छिटाे छरिताे र पारदर्शी गरिने बताइन्।  

गाउँपालिका उपप्रमुख पुजन न्यौपाने कुँवरले अनुगमन समिति आफ्नो सँयोजकत्वमा रहेकाले आफुले अनुगमनलाई तिब्रता दिदै  कुनै पनि योजना वा सेवा क्षेत्रको जनतालाई गुनासाे आउन नदिने बताएकी छन।आगामी बजेटको प्राथमिकताको बिषयमा बोल्दै उपाध्यक्ष न्यौपानेले स्वास्थ्य, शिक्षा ,कृषि र खानेपानी लगायत खोलानाला नियन्त्रणको बिषयमा केन्द्रित रहेर यो बर्षको निति,कार्यक्रम बनाइने र त्यसकाे आधारमा बजेट बिनियाेजन गर्ने बताएकी छन्।  

हामी नयाँ रणनितीले काम गर्छौ, हरेक कार्यहरु गाउँबासीलाई सोधेर गर्नेछौं, वहाँहरुनै हाम्रो मार्गदर्शक हो, ५ वर्षमा सबैले देख्नेगरीको विकास  गरिने छ', उपाध्यक्ष कुँवर ले भनिन्।  

 पालिका भित्र कार्यालयहरुबाट जनतालाई दिइने सेवा प्रवाहका बिषयमा जनताहरुको गुनासो आफुले सुनिरहेको र सोहि अनुरुप जनतालाई सेवा प्रवाहमा बेथिति देखिने कार्यालय वा अन्य क्षेत्रमा कडाई गरिने कुरा बताएकी छिन् ।गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएर आफुले नेतृत्व सम्हाले सँगै सबै क्षेत्रको कुरा आफुलाई थाहा नभएकोले आम जनताले भएका समस्या अबगत गराउन आग्रह गरेकीछिन्। 

उनले पालिका भित्रको अनुगमनलाई नै आफ्नो मुख्य कार्य रहेको बताइन्।  'अनुगमन महत्वपूर्ण पक्ष हो , मेरो उपप्रमुख पद अनुगमन मै बढी केन्द्रित रहन्छ।',कुँवरले प्रतिवद्दता व्यक्त गरिन्।'  

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी, वडा नं २ का वडाध्यक्ष किनालाल राजवँशी,वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी, वडा नं ४ का वडाध्यक्ष फेका गिरी र वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाई तथा कार्यपालिका सदस्य रिता तामाङले समेत बजेट निर्माणमा स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित रहेर बजेट निर्माण गर्नुपर्ने मा जोड दिएका थिए।रिपोर्टर्स क्लब नेपाल मेची शाखाका सँयोजक सेखर सेढाईको सहजिकरणमा सम्पन्न साक्षात्कार कार्यक्रममामा जनप्रतिनिधि, स्थानीय बासि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो

Views: