d

एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी भएको छैन : नेपाली सेना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेपाली सेनाले अमेरिकाको 'स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता नगरेको जानकारी दिएको छ। सेनाले नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिमा सचेत रहेको जनाएको छ।


'एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको। साथै, नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनीतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्नेगरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगतलाई जानकारी गराइन्छ,' सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। Image: Nepali sena facebook page

Views: