d

दुबईका राजकुमार मोक्तुमले दुर्गा प्रसाईंलाई दिए सुनको लौरो उपहार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्।

श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए । प्रसाईंलाई तीन दिने भ्रमणका लागि नेपाल आएका राजकुमारले विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका हुन्।


राजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ । राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने छन्।दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएको सो अस्पतालको सूचना शाखाले जनाएको छ।  image: Rato pati

Views: