d

बजेटमा दिगो विकासका योजनाहरु समट्ने गृहकार्यमा छौं  - नगर प्रमुख सुवेदी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह नगरपालिकाको एघारौँ  नगरसभा असार ८ गते बाट प्रारम्भ हुने भएको छ। असार ८ गते नीति कार्यक्रम प्रस्तुत गरिने र असार १० गते बजेटको प्रारम्भिक छलफल सुरु गरिने बताइएको हो।  

असार १० गते कार्यपालिका सदस्यहरुबीच आगामी बजेट छलफल चलाइने छ, असार २५ गते अन्तिम बजेट प्रस्तुत हुने बताइएको छ।


दिगोबिकासका योजनाहरु प्रस्तुत गर्दै नगरलाई सम्रिद्द नगरमा रुपान्तरण गर्न यो पटकको बजेट कोषेढुङ्गा सावित हुने प्रमुख छत्रपति सुवेदी बताउनुहुन्छ।

परम्परागत तरिकाको विकास मोडालिटीमा बसेर सम्रिद्द नगर बनाउने सपना पुरा नहुने वहाँको तर्क छ।  

'हामी केहि नयाँ गर्ने सोचले आएका छौं, ५ वर्ष भित्रमा गौरादहलाई कस्तो बनाउने भन्ने विषयमा गृहकार्य गर्दै छौं।   'सम्रिद्द नगर, सुखी नगरबासी' को नारालाई  नै मुख्य लक्ष लिएर अगाडी बढ्ने छौं। ', पर्दाफास संग छोटो कुराकानी गर्दै नगरप्रमुख सुवेदीले बताउनु भयो।  

Views: