d

रतुवा खोला गाउँ पस्यो, दुई दर्जन बढी परिवार विस्थापित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: अविरल वर्षाका झापाको रतुवा खोलामा आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् । खोला गाउँ पसेपछि २५ घर डुबानमा परेको छ।

बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा कटान गर्दा १३ घर विस्थापित भएको प्रहरीले बताएको छ ।

विस्थापत हुनेमा दमक–७ का खड्ग लिम्बू, राजेस किस्कु, विष्णु लिम्बू, मनोज मास्के, सुवास लिम्बू, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ। उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थान र आफन्तको घरतर्फ सारिएको जनाइएको छ।

त्यस्तै, सोही खोलामा आएको बाढी आज बिहान गौरादह नगरपालिका–६ स्थित टङ्गुवा बस्तीमा पसेको छ । बाढी पसेपछि २५ घर डुबानमा परेका छन्।

बस्तीमा करिब दुई फिट पानी पसे पनि अन्य क्षति नभएको र पानीको सतह विस्तारै क्रमशः घट्ने क्रममा रहेको प्रहरीले जनाएको छ

Views: