d

झापामा  हात्ती धपाउन गएका किशोरको सर्पले टोकेर मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा /  विषालु सर्पको टोकाइबाट झापा बुद्धशान्ति- ५ मा एक किशोरको मृत्यु भएको छ ।


गाउँमा राति ९ बजे जंगली हात्ती आएर हात्ती धपाउन निस्केका १५ बर्षिय किशोर अजित तामाङलाई बिषालु सर्पले टोकेर मृत्यु भएको छ ।


सर्पको टोकाइबाट सिकिस्त भएका तामाङलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चाराली पुर्र्याएर उपचार सुरु गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बुद्धशान्ति ५ खारखोलाका हुन् । उनले यसै बर्ष एसईई दिएका थिए । उनी फुटबल खेलका एक कुसल खेलाडी पनि थिए ।

पालिका सन्देशमा प्रकाशित खबर 

Views: