d

३३ संघसंस्थाको शौचालय नि:शुल्क प्रयोग गर्न पाइने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं महानगरपालिकाभित्र आमनागरिकलाई नि:शुल्क शौचालय सञ्चालन गर्ने संस्थाको संख्या ३३ पुगेको छ । आफूसँग भएका शौचालय सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ संघसंस्थासँग महानगरपालिकाले सम्झौता गरेको छ । नबिल बैंकसँग यसअघि नै सम्झौता भइसकेको छ ।

बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिसँग सोमबार सम्झौता भएको छ । महानगरका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नूरनिधि न्यौपानेले हस्ताक्षर गरेका थिए । आगामी पाँच वर्षसम्मका लागि ती ३३ संघसंस्थासँग सम्झौता भएको हो । 

सम्झौता गरेका संघसंस्थाले आफूसँग भएका शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्नेछैनन् । यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्यांकन गर्न दुवै पक्षबाट एक–एकजना प्रतिनिधि तोकिनेछ । उनीहरूले हरेक चार महिनामा प्रतिवेदन दिनेछन् । 

Views: