d

नोबेल कलेज अनेरास्ववियूले गर्यो मूल्य वृद्धिको विरोध (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ: नोबेल कलेज सिनामंगलका बिद्यार्थीहरुले गठबन्धन सरकारले गरेको चर्को मुल्य वृद्धिको विरुद्धमा प्रदर्शन गरेका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा क्याम्पस परिसरमा बिरोध कार्यक्रम आयोजना गरिएको हो । 

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको ज्यादतीले महंगी आकासिदै गएको  उक्त विद्यार्थी संगठनको निष्कर्ष छ ।

बिरोध कार्यक्रममा बिद्यार्थीहरुले मुखमा कालो टेप टासेर बिरोध जनाएका थिए । 

पेट्रोलियम पदार्थ लगायतमा भएको चर्को मूल्य वृद्धिले जनतालाई उठ्नै नसक्ने गरि थला पारेको अनेरास्ववियूका नेताहरू बताउछन् । 

'परमादेशको सरकारले आखिर आफ्नो सक्कली अनुहार देखाएरै छाड्यो।' , नोबेल कलेज अनेरास्ववियू अध्यक्ष निगेस श्रेष्ठ 'नयाजु' ले भने । 

मुल्य वृद्धि फिर्ता नलिए हामी बिरोधका सशक्त कार्यक्रम अगाडी बढाउने नयाजुले चेतावनी दिएका छन् । 

'पेट्रोलको भाउ आकासिदा दैनिक जनजीवन असहज बन्दै गएको छ, जनताको समस्यालाई बेवास्ता गर्ने सरकारले नैतिकता भए तत्काल राजीनामा दिनुपर्छ।', नयाजुले अगाडी भने । 

अर्का बिद्यार्थी नेता रोसन कुमार यादब भन्छन्, 'चौतर्फी रूपमा गरिएको मुल्य वृद्धि नेपाली जनता माथिको गम्भीर आघात र ज्यादती हो।' 

यस्तै साथै ललितपुरको बालकुमारीमा रहेको एन सि आईटी कलेजमा अध्ययनरत अनेरास्ववियू आवद्द बिद्द्यार्थीहरुले समेत पेट्रोलियम पदार्थको चर्को मूल्य व्रिद्दीको बिरुद्द विरोध कार्यक्रम आयोजना गरेका छन्।  पोखरा बिश्वबिद्धालय उपत्यका इन्चार्ज भरत सिंह धामीको प्रमुख आतिथ्यतामा सम्पन्नमा भएको थियो।

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

No description available.

 

 

Views: