d

आयोगले फेरी भन्यो - 'निर्वाचन खर्च विवरण बुझाउ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन ताकेता गरेको छ।

निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने आयोगले पुनः स्मरण गराएको छ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरेर सिफारिससहित कारबाहीका लागि आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिइएको जानकारी गराए ।

निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारको खर्चको सीमा निर्धारण गरिएको छ।

Views: