d

गौरादहमा पुर्व मन्त्रीको घरको गेटमा शंकास्पद वस्तु फेला, निस्क्रिय पार्दै नेपाली सेना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  
झापा । नेकपा एमालेका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री हिक्मत कार्कीको गौरादह ३ स्थित निवासमा शंकास्पद वस्तु फेला परेको छ।

 घरको गेट अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको हो । कुकर कसले राखेको हो भन्ने नखुलेको बताइएको छ।  घटना स्थल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु निस्क्रिय पार्न थालेको बुझिएको छ।   

Views: