d

झापामा दुई बालिका बलात्कृत, शंकास्पद एक जना पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह : झापाको गौरादह नगरपालिका वडा न ३ का २ बालिका बलात्कृत भएका छन् ।

गौरादह ३ जामबाडिका ७ बर्षिय र १२ बर्षिय बालिका बलात्कृत भएका बताइएको हो । घटना ३/४ दिन अगाडीको भएतापनी पीडित बालिकाहरुले हिजो मात्र सुनाएपछी घटना बाहिरिएको बताइन्छ।  

पीडित बालिकाको बयानका अनुसार प्रहरीले एक शंकास्पद व्यक्ति पक्राउ गरेको छ । पीडित बालिकाको बयानका आधारमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

घटनाको विवरण राती थाहा भएको र प्रहरीमा जाहेरी नदिएतापनी पीडितको बयानलाई आधार मानेर अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Views: