d

वडा सभापती र सचिव नै राप्रपा प्रवेश गरेपछि शिवसताक्षी कांग्रेसमा हलचल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको शिवसताक्षीबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ताहरु पार्टी परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।  शिवसताक्षी २ वडा कार्यसमिति सभापती काजीमान बुढाथोकी तथा सोही समितिका सचिव मान बहादुर थापा नेपाली कांग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन्। गत स्थानिय निर्वाचनमा गठबन्धनको दवावमा परेका बुढाथोकीले कांग्रेसबाट वडाध्यक्षको टिकट नपाएपछि स्वतन्त्र रुपमा उमेदवारी दिएका थिए ।  स्वतन्त्र उम्मेदवार रहेका उनले झण्डै ८ सय मत प्राप्त गरेका निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । 

बुढाथोकी शिवासताक्षी क्षेत्रकै लोकप्रिय व्यक्तिको रुपमा परिचित छन् । आफूले टिकट पाएको भए सहजै जित हात पार्ने विश्वासमा रहेका उनि सोही कारणबाट नेपाली कांग्रेससंग असन्तुष्ट रहेका बताइन्छ । बुढाथोकी र थापा राप्रपा प्रवेश गरे सँगै शिवसताक्षी कांग्रेसमा गंभीर हलचल ल्याएको बताईन्छ । 
नव प्रवेशीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले स्वागत गर्नुभएको झापा जिल्ला अध्यक्ष केशब ओझाले जानकारी गराएका छन्।  

Views: