d

विपन्न समुदायको सारथी बन्दै दमक नगरपालिका 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक:  दमक नगरपालिकाको नगर सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ। दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम वाचन तथा नगर प्रमुख रामकुमार थापा तथाले बजेट प्रस्तुत गरेका हुन्।  

दिगो विकास र सबैको पहुँच पुग्ने गरि सन्तुलित बजेट ल्याइएको नगरप्रमुख थापाले बताएका छन्।    

बजेट मार्फत अति विपन्न कम्तीमा पनि ३ सय घरपरिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने प्रतिवद्दता सार्वजनिक गरिएको छ।  

अति विपन्नलाई गाँस, बास र कपासको  ग्यारेन्टी नगरपालिकाले लिने नगर प्रमुख थापाले बताएका छन् । यसअघी विपन्न पहिचानको चित मापदण्ड नभएपनि यो पटक नगरपालिकाले विपन्न पहिचान सम्बन्धी ऐन, नियम र कार्यविधि नै ल्याउने नगरप्रमुख थापाले बताएका छन्।   

स्वास्थ्य विमा लगायतका क्षेत्रमा समेत विपन्नलाई समेट्दै ‘तपाईको स्वास्थ्य हाम्रो जिम्मेवारी’ कार्यक्रम सञ्चालन गरिने बताइएको छ।   


नगरपालिकाले एक घर, एक धारा/ट्युवेल एक शौचालयको प्रवन्ध गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको पाइन्छ।  

Views: