d

पूर्वका नेपाल–भारत सीमा ७२ घण्टाका लागि सिल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – पूर्वका नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएका छन् ।  पर्सि  हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)को  चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको बताइएको छ।  

 भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको जनाइएको हो ।  
आज बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ । 

Views: