d

गौरादह नगरपालिकाको पूर्ण बजेट असार २० गते, कस्तो छ प्रस्तावित आय व्यय? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:   नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९ /८० को लागि ७७ करोड  १७ लाख बढीको  बजेट ल्याउने भएको छ । शुक्रवार बसेको दोश्रो नगरसभा बैठकमा उप प्रमुख जलवर्षा राजवंशीले आगामी आर्थिक वर्षको अनुमानित आम्दानी र खर्चको विवरण प्रस्तुत गर्नु भएको हो ।    

यो पटक नगरपालिकाको आन्तरिक आय २ करोड बराबर हुने अनुमान गरिएको छ।  त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ  १७ करोड ५७ लाख, सशर्त अनुदान तर्फ ३२ करोड ७७ लाख ५० हजार, १२ करोड ५२ लाख ६४ हजार, विशेस अनुदान ८५ लाख, समपुरक अनुदान १ करोड ४० लाख, वन रोयल्टी ४० हजार रहेको देखिन्छ। 

 प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ  ९७ लाख ७४ हजार, सवारी साधन कर बाँडफाँड तर्फ ७० लाख ४३ हजार ८ सय १०, ससर्त अनुदान ७१ लाख २३ हजार, समपुरक अनुदान १ करोड रहेको देखिन्छ।  रजिस्ट्रेशन बाँडफाँड तर्फ २ करोड २५ लाख, स्थानिय सडक मर्मतका लागि सडक बोर्ड बाट ३५ लाख, गत सालको क्रमागत क्रमागत योजनाहरुको खर्च ४ करोड ५५ लाख २ हजार ३ गरि व्यय तर्फ ७७ करोड  १७ लाख ४६ लाख ८ सय १३ रुपैयाँ देखिएको छ।  

 उपमेयर राजवंशीले  चालु तथा कार्यालय संचालन खर्च तर्फ ४६ करोड ५७ लाख  ५६ हजार ८ सय  १५ प्रस्ताव गरेकी छिन्।   

नगरसभाको तेश्रो तथा अन्तिम बैठक आगामी असार २० गते बस्ने उपमेयर राजवंशीले बताइन्।  

Views: